विश्व मान चित्रमा एउटा अनौठो भूगोल हो पोखरा । सरसर्ति हेर्दा प्रकृतिको अनुपम एक वरदान हो यो उपत्यका । मानव सभ्यता र विकास क्रमलाई हेर्ने हो भने त्यति लामो इतिहास भेटिंदैन, पोखराको । तर हालको विकासक्रम हेर्ने हो भने देशको सबै भन्दा ठूलो माहानगर दिनानुदिन बढ्दो जनघनत्व। खासमा कुनै पनि भौगोलीक परिधि कत्तिको विकासत छ भन्ने कुरा मापन गर्दा त्यस परिधि भित्र कति जनसंख्या वसाई सराई गर्दै आएका छन भन्ने कुरा राम्रो मापदण्ड हुन सक्न सक्छ । र राम्रो छ भन्ने कुरा को मापदण्ड चाँही काति जनसंख्या अस्थायि पर्यटक को रूपमा आउछन भन्ने कुराको यकिन पर्तयटक आगमन को तथ्यांक ले गर्दछ ।
अब पोखरा त पोख्रेली को मात्र सहर हैन । अन्तराष्ट्रिय सहर हो – पर्यटनको राजधानी । प्रकृतीको देन हेर्ने हो भनेत स्वर्ग नै हो त्यस हिसाबले हेर्दा त पर्यटकिय राजधानि सानो शब्द मात्रै हो । हावापानी, देखिने दृष्य, स्थानिय बासिन्दाको स्वभाव- अत्यन्त रमणिय ठाँऊ यसमा कसैको दुई मत छैन । समय क्रम संगै पोखरा विकसित भयो पहिलो पर्यटक को रूपमा जापानिज भिक्षु आए। उनले आफ्नो पुस्तक थ्रि एअर्स ईन तिब्बत लेखे र सो पुस्तकमा पोखराको वर्णन गरे, र पोखराको, अन्तराष्ट्रिय बजारमा नाम पुग्यो झण्डै १२५ वर्ष अगाडी मात्र । तत पश्चात पोखराको बयान अर्का पर्वतारोही वेलफ्रेड नोएस ले गरे १९६० को दशकमा पुस्तक लेखे क्लाइम्बिङ – द फिस्टेल, प्रचार गरे पोखराको । पंचायती व्यवस्था थियो देशमा सहजै विदेशी आउन पाउँदैन थिए तर पनि अन्तराष्ट्रिय ख्याती कमाउदै गएको अन्नपूर्ण क्षेत्रले पर्यटक लोभ्याउँदै गयो। राज्य को ध्यान पनि खिच्दै गयो ।
विकास गर्ने क्रममा विमानस्थल पहिला बन्यो यात्रुलाई सहजता थप्यो। पोखरामा राजपरिवारको उपस्थिति बाक्लिदै गयो । योजना बन्दै विकास हुदै गयो। खेति किसानि संगै व्यापार, संरक्षित थियो । तिब्बत को विद्रोहको बाछिटा पोखरामा पनि पर्यो । वेलायत र कम्पनी सरकारका लाहुरेको पोखरामा घर घडेरी गर्ने लहर, चलेको के थियो। तिब्बती शरणार्थी को पनि वाक्लो उपस्थिति देखियो, पर्यटक हरुले नयाँ स्वाद देख्न पाए चाख्न पाए । समय क्रम संगै वटौलि र पोखरा वाटोले जोडियो नेपाल (काठामाडौं) पनि नजिक हुदै गयो
विभिन्न दातृ राष्ट्रको सहयोगमा सहरी विकास योजना बने । फेवा मा बाँध बन्यो रत्न मन्दिरको उज्यालोको आवश्यकता पूरा गर्यो संग संगै विरुवा फाँट र तितेपानी क्षेत्र सिंचित गर्दै पातले छोगों को स्वरूप परिवर्तन गर्दै गयो । त्यस्तै कुंडहर फाँटले सिचाइ पायो अन्न ऊब्जाउदै थियो विकास हुनु पर्छ भन्दै २०३०-३२ साल तिर खेति गर्दै गरेको फाँट एअरपोर्ट बन्नु पर्छ भनेर अधिग्रहण गरियो। किमवारी त पहिल्यै राष्ट्रियकरण भएको थियो तत पश्चात, फेवा किनारको रानिवन, लॅाखोर, मुलाखेत, राज्यको आखामा पर्यो ।
पोखरा आएका विदेशीहरू जहाज गिरान उत्रेपछी कि त सराङकोट हुदै मुक्तिनाथ अथवा अन्नपूर्ण आधार शिविरको पदयात्र गर्दथे यात वेगनासताल हुदै आनपूर्णको चक्रिय पदमार्गको यात्रा तय गर्दथे। त्यसमध्ये बाट केही पदयात्री पूर्व तयारीका लागी नागढुंगा आसपास वस्दथे विस्तारै पर्यटको वसाई पार्दी तिर लम्कदै गयो क्षेत्र विस्तार भयो । बैदाम आकर्षणको केन्द्र बन्दै गयो। त्याहाँको वातवरण, बास्ति पर्यटकले रुचाए पर्यटकिय क्षेत्र बन्यो।पदयात्रा बाट फर्किएका यात्रीहरूको लागी बैदाम अनुकुलनको राम्रो स्थान बन्दै गयो । पर्यटनले त्यस क्षेत्रको रहन सहन परिवर्तन गराईदियो ।
फाइदा गर्यो अर्थोपार्जनको केन्द्र बन्यो बेफाइदा गर्यो हिप्पिको प्रभावमा यूवा जमात फस्यो लागु औषध को सिकार बने ।केही विदेशी यहीं का युवा युवती संग वैवाहीक संवन्ध मा जोडिए कति विदेश पलाएन भए कति विदेशि यतै वसे । समाज परिवर्तन हुदै गयो । खेति किसानी छुट्दै गयो पर्यटन हाबी हुदै गयो। वैदाम का वारीमा तरकारी फल्न छोडे ।पञ्चायत सकियो घर हरू अग्लिए तर नियम त पुरानै थियो र छ पनी। नियम पालना गर्नु कायरता र तोड्नु बहादुरी हुन गयो। अधिकांस संरचना गैरकानुनी छन । त्यस्तै धेरै जसो पर्यटकले कानुनी प्रावधान बाहिरका सेवा सुविधा पनि खोज्ने, सामाजिक विकृती को पनि प्रोत्साहन गर्ने धेरै उदाहरण छन । अहिले पोखरा राज्य स्तरबाटै पर्यटकीय नगरी बनेको छ । पर्यटकीय राजधानी घोषणा अध्ययन समिति को प्रतिवेदन त गोप्य नै राखियो । मापदण्ड के के हुन पर्ने हो सर्वसाधारण लाई बुझाइएन, सम्झाइएन । तर पनि हामी पोखरा वासी उधारोमा घोषित पर्यटकीय राजधानीमा छौ । राजधानी घोषणा आवश्यकता थियो थिएन बहस चल्न सकेन। जसका कारण केही तह र तप्का का सर्वसाधारण तथा व्यवसायी तर्केको प्रष्ट देख्न सकिन्छ र पनि राजधानी घोषणा पश्चात राजधानीका लागी अत्यावश्यक पूर्वाधार बारे खोजी गर्नु र त्यसको निर्माणार्थ व्यापक जनदबाव सिर्जना अपरिहार्य छ। अब विश्व समुदायले पोरखालाई हेर्ने जुन पुरानो दृष्टिकोण थियो भएका कम्जोरी स्विकार्थे त्यो परिवर्तन हुन्छ। र व्यवसायिकता खोज्छन यो शहरको मौलिकता खोज्छन, हामि पस्कन सक्छौ सक्दैनौ स्वमूल्याङ्कन गरौ र निम्न पूर्वाधार निर्माण मा दवाव दिऊ ।
१) आवास क्षेत्र : यसक्षेत्र पर्यटनको अत्यावश्यक पूरकको रूपमा रहेको छ । गुणस्तर र क्षमता विकास मा विशेष चासो राख्न जरुरि छ र साथमा मौलिकता प्रदर्शन चुनौती पूर्ण पनि । २) पहुंच : विशेष पोखरा अन्तराष्ट्रिय बजार देखि टाढा छ । अन्तराष्ट्रियू विमानस्थल र बाटो निमर्माण छिटो होस सेतो हात्ति नबनोस भारत जोड्ने सिद्धार्थ राजमार्ग होस वा काठमाडौ जोड्ने पृथ्वी राजमार्ग त्यस्तै तिब्बत जोड्ने जोमसोम कोरोला होस । छिटो सम्पन्न र डर रहित होस् । ३)सेवा सुविधा : पोखरा आएका पर्यटकले पाउने सेवा सुविधा विभिन्न स्तरमा ऊपल्ब्ध हुन जरुरी छ।खर्च गर्न सक्ने हाई इण्ड उपभोक्ताले नाक खुम्च्याउन नपरोस। हिजो का पर्यटकले बरखान गरेको जस्तो पोखरा रिसोर्ट सहरको छविमा फर्कोस । ४) मानव संसाधन हरेक तह तप्का मा काम गर्ने का युवा जनशक्तिलाई तारन्तार क्षमता र गुणस्तर वृद्धि तालिम उपलब्ध गराओस ।
