१४ औं संस्करणको पोखरा महोत्सवको प्रचार प्रसार सुरु भएको छ । आन्तरिक पर्यटनको पर्वद्धन संगै नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धन गर्दै आइरहेको माइलस्टोन्स इन्फिल्डर्सको टोली मार्फत महोत्सवको प्रचार प्रसार शुरु गरिएको हो । नेपालका मुख्य शहरहरुमा रहेका मोटरसाइकल राइडर हरुकोे समुह माइलस्टोन्स इन्फिल्डर्समा आवद्ध मोटरसाइलक राइडरहरुलाई महोत्सव आयोजक युनाईटेड क्लब पोखराले पोखरामा स्वागत गर्दैै पोखरा महोत्सवको प्रचार प्रसार सुरु गरेका हुन ।
माइलस्टोन्स इन्फिल्डर्सका संयोजक कुशल सुवेदी र प्रतिनिधी मछिन्द्र थपलियालाई युनाईटेड क्लब का अध्यक्ष लोक बहादुर थापा, क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल लगायतले १४ औं पोखरा महोत्सवको प्रचारात्मक स्टीकर हस्तान्तर गरी महोत्सवको प्रचार प्रसार सुरु गरेका हुन ।
सो अवसरमा वोल्दै माइलस्टोन्स इन्फिल्डर्सका प्रतिनिधी मछिन्द्र थपलियाले राइड टु थ्री एङगल्स नेपाल भन्ने नाराका साथ हिमाल, पहाड तराईको यात्रा स्वरुप चितवन बाट सुरु भएको बाइक राइडरहरुको टोलीलाई युनाईटेड क्लब पोखराले स्वागत गरी आफुहरुलाई हौसला बढाएकोमा धन्यवाद ब्यक्त गरे । माइलस्टोन्स इन्फिल्डर्सले मोटरबाइक राइडको माध्यामबाट नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धन गर्दै आइरहेको र युनाईटेड क्लबले समेत पोखरामा महोत्सवको आयोजना गरि पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएकोमा धन्यवाद ब्यक्त गर्दै १४ औं पोखरा महोत्सवको सफलताको कामना गरे ।
सो अवसरमा वोल्दै युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले माइलस्टोन्स इन्फिल्डर्सले नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धन स्वरुप हिमाल, पहाड तराइको यात्रा अन्तर्गत चितवनबाट यात्रा सुरु गरी पोखरा आइपुग्दा पोखरा महोत्सव आयोजक युनाइटेड क्लबले स्वागत गर्न पाउँदा खुसी लागेको बताए । युनाईटेड क्लबले पोखरा महोत्सबको आयोजना गरी पोखरामा नयाँ पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणको सुरुवाता गरेको र हाल उक्त चिडियाखानालाई प्रदेश सरकारले आफ्नो गौरबको योजना अनुसार काम अगाडी बढाएको बताउदै उक्त चिडियाखाना पोखराको नयाँ पर्यटकीय गन्तब्य बनेको समेत बख्रेलले बताए ।
