देशको आर्थिक अवस्था क्रमशः दयनीय बन्दै गएपछि पेशा ब्यवसाय पनि धरापमा परेका छन । नयाँ ठुला उद्योग ब्यवसायहरु सञ्चालनको वातावरण नविनरहेको बेलामा पर्वत जिल्लामा गत आर्थिक बर्ष २०७९/८० को तुलनामा आर्थिक बर्ष २०७८÷७९ मा पेशा ब्यवसाय बन्द गराउनेको संख्या ४३ प्रतिशतले बृद्धि भएको छ ।
आर्थिक बर्ष २०८९/८० मा उद्योग तथा बाणिज्य तर्फका ब्यवसाय बन्द गराउनेको संख्या ९२ रहेको छ । जवकी त्यस भन्दा पहिलाको आर्थिक बर्षमय ५२ ब्यवसाय बन्द भएका थिए । पर्यटन तथा उद्योग कार्यालय पर्वतका अनुसार नयाँ ब्यवसाय गराउनेको संख्या पनि गत आर्थिक बर्षमा कम देखिन्छ । २०८९/८० आर्थिक बर्षमा कुल २७४ मात्र नयाँ उद्योग दर्ता भएका थिए । यस अघिको २०७८/७९ मा यो संख्या ५४१ रहेको थियो ।
