‘पिसिएम जब फेष्ट–२०२५’सम्पन्न, व्यवसायी खुसि , विद्यार्थी उत्साहित

0Shares

पोखराको नदीपुरस्थित पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजनामा ‘पिसिएम जब फेष्ट–२०२५’सम्पन्न भएको छ । नेपाल युवा उद्यमी मञ्च, पोखरासंगको सहकार्यमा कलेज प्राङ्गणमा सम्पन्न फेष्टमा विविए, विसिएस आइटीतर्फ सातौं तथा आठौं सेमेष्टरमा अध्यायनरत तथा भर्खरै पास आउट समेत झण्डै २ सय विद्यार्थीहरुको सहभागिता रहेको थियो । फेष्टमा सुजल फुड्स, जोन्छे ट्रेडर्स, होटल सरोवर, मिन मार्ट,पोखरा इन्टरनेट, कर्माचार्य ग्रुप लगायत विभिन्न प्रतिष्ठित कम्पनीहरुको स्टलहरु रहेका थिए ।

कलेजका प्राचार्य लीना नेगी श्रेष्ठले विद्यार्थी र व्यवसायीक घरानाविच सम्बन्ध कायम गराउने सेतुको भुमिंका निर्वाह गर्दै कलेजले बिगतदेखिनै यो महोत्सव आयोजना गरेको बताउनुभयो । ‘विद्यार्थीहरु आँफैलेले खोजे जस्तो रोजगारी प्राप्त गर्नेछन भने व्यवसायिहरुले पनि चाहे जस्तै दक्ष कर्मचारी प्राप्त गर्ने साझा थलो यो फेष्ट हो’–उहाँले भन्नुभयो । व्यवसायी घरानाका प्रतिनिधीसंग विद्यार्थीले सिधै साक्षात्कार गर्दा उनीहरुभित्रको आत्माबल पनि बढ्ने नेगीको भनाई छ ।

होटल सरोवरका प्रतिनिधी सायोरी थापाले अहिले होटलमा रोजगारीको अवसर रहेको हुँदा त्यसैका बारेमा जानकारी दिने र उत्कृष्ट कर्मचारीको छनौंट गर्ने उद्येश्यले पिसिएम जब फेष्टमा सहभागिता जनाएको बताउनुभयो । त्यस्तै सुजल डेरीका प्रतिधिनी अमृत तिमिल्सीनाले कलेजले रोजगार खोज्ने र रोजगार दिनेलाई एकै ठाउँमा भेट गराएर सहयोगीको भुमिंका निर्वाह गरेको भन्दै धन्यावाद ज्ञापन गर्नुभयो । कार्यक्रममा कलेजका विसिएस आइटी संयोजक ई.हरिप्रसाद बराल, विविए संयोजक हरि अधिकारी, सरोज कुँवर लगायतले समन्वय गर्नुभएको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *