पोखरा कलेज अफ म्यानेज्मेण्टको ‘स्मार्ट एग्रोप्रेनरशिप एजुकेशन एण्ड ट्रेनिङ्ग’ सम्पन्न

0Shares

पुष ९,पोखरा

पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजना तथा युनिभर्सिटी ग्राण्ट कमिसनको सहयोगमा एन्टरप्रोनियरशिप सपोर्ट प्रोग्राम अन्तर्गत ‘स्मार्ट एग्रोप्रेनरशिप एजुकेशन एण्ड ट्रेनिङ्ग’ पोखरामा सम्पन्न भएको छ । पाँच दिन सम्म चलेको ४० घण्टे कार्यक्रममा व्यवसायिक कृषिका बारेमा तालिमसंगै सैद्धान्तिक पक्षबारे चर्चा भएको थियो । तालिमको छैठौं दिन सोमबार कार्यक्रममा सहभागि ३० विद्यार्थीहरुले आ–आफ्नों कृषि व्यवसायिक योजना प्रस्तुत गरे ।

तालिममा बिबिए, बिसीआइएसमा सातौं र आठौं सेमेष्टर पढ्दै गरेका तथा पछिल्लो पाँच वर्षका पास आउट विद्यार्थीले सहभागिता जनाएका हुन् । ति मध्येबाट छानिएका उत्कृष्ट पाँच सहभागिले नगद दश–दश हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । पुरस्कृत हुनेहरुमा अञ्जली पौडेल, प्रवास आचार्य, निशान क्षेत्री, दिपिका रिमाल र कृतिका पराजुली रहेका छन् । उनीहरुले विद्यार्थीलाई व्यवसायीक बनाउने उद्येश्यले यस्तो तालिम आयोजना गरेकोमा कलेजलाई धन्यवाद ज्ञापन गर्दै यो तालिमले आफुहरुलाई व्यवसायीक बन्न हौसला प्राप्त भएको बताए । उनीहरुलाई कलेजका बिसिएस आइटी संयोजक ई.हरि बरालले बधाई संगै शुभकामना व्यक्त गर्नुभयो । कलेजका अध्यक्ष विनोद कायस्थले तालिमका सहभागि विद्यार्थीहरुलाई प्रमाण–पत्र प्रदान गर्नुभयो ।

तालिममा उत्कृष्ट बनेका पाँच विद्यार्थीहरु काठमाण्डौमा हुने अन्तिम प्रतियोगिताका लागि समेत छानिएका छन् । काठमाण्डौमा उत्कृष्टता हाँसिल गर्ने विद्यार्थीहरुले बढिमा १ करोड सम्मको प्रस्तावमा ४० प्रतिशत सम्म विना व्याज ऋण प्राप्त गर्नेछन् । अन्तिम दिन निर्णायक मण्डलमा रहेका पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, उद्यमी एवं अनुसन्धानकर्ता रबी भण्डारी, हरिलो एग्रो इण्डष्ट्री प्रालिका सह संस्थापक प्रकाश आचार्य रहनुभएको थियो । रिसर्च मेनेज्मेण्ट कमिटि संयोजक डा.अर्जुन सिग्देलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *