माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८० को नतिजामा पोखराका विभिन्न विद्यायलबाट १४ जनाले ४ जिपिए प्राप्त गरेका छन् । मदरल्याण्ड माविका १० जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । कृपा बराल, रेडियस पोख्रेल, कनक अधिकारी, अपेक्षा ढुंगाना, आशीष बस्ताकोटी, कृपा गुरुङ, इक्वीटी पौडेल, अभ्यास वाग्ले, युनिका ढकाल र समीक्षा पहारीले ४ जिपिए ल्याएका हुन् ।
एसईई–२०८० को नतिजामा लामाचौर स्थित गण्डकी बोर्डिङ स्कुलका २ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । ४ जिपिए ल्याउनेमा आयुष पराजुली र ओजश्वी शर्मा हुन् । १२१ जना परीक्षार्थीमध्ये ३.६० देखि ४ जिपिएसम्म ल्याउने ९० जना रहेको विद्यालयले जनाएको छ ।
त्यस्तै, पोखरा वडा नंं ५ पर्स्याङ स्थित शान्ति निकेतन स्कूलकी छात्रा अदिति पराजुलीले ४ जिपिए प्राप्त गरेकी छन् । ग्रेडिङ सिस्टम लागु भएपछि विद्यालयमै पहिलोपटक ४ जिपिए ल्याउने अदिति पहिलो विद्यार्थी हुन् । यता, लेकसाइड स्थित न्याश्नल इन्भेन्टिभ स्कूलका छात्र विशाल खत्रीले ४ जिपिए प्राप्त गरेका छन् ।
