पोखरामा कात्तिक तेश्रो सातादेखि फूलको मेला लाग्ने भएको छ । फ्लोरिकल्चर एशोसियसन नेपाल (फ्यान) कास्की शाखाको आयोजनामा पोखरामा यहि कात्तिक १७ देखि कात्तिक २० गतेसम्म हुने भएको हो ।
‘सुन्दर नगरी पोखराको पहिचान, व्यवसायी प्रवद्र्धनमा गोदावरीको शान’ भन्ने मुल नारासहित कात्तिक २० गतेसम्म सञ्चालन हुने मेला पोखरा रंगशालाको पूर्व पट्टी रहेको चौरमा हुने जनाइएको छ । पोखरा महानगरपालिकाको प्रवद्र्धनमा हुने मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने तय भएको एशोसियसनले जनाएको छ ।
मेलामा गोदावरी फुलका विभिन्न प्रजातिसहित अन्य फुलहरु प्रदर्शनीमा राखिने फ्लोरिकल्चर एशोसियसन नेपाल कास्की शाखाका पूर्व अध्यक्ष दयाकुमार द्वाले जानकारी दिए । गण्डकी प्रदेशमा व्यवसायीक रुपमा ४८ जनाले पुष्प व्यवसाय गर्दै आएको एशोसियसनले जनाएको छ ।
