पौडेलद्वय २५ औं पोखरा सडक महोत्सवको संयोजक र सह–संयोजकमा

0Shares

रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखरा २५ औं सडक महोत्सवको तयारीमा जुटेको छ । अंग्रेजी नयाँ वर्षका अवसरमा सञ्चालन हुने महोत्सवको यो संस्करणका लागि रेवानले संस्थाका प्रथम उपाध्यक्ष विश्वराज पौडेललाई संयोजकमा चयन गरेको छ । त्यसैगरि सह–संयोजकमा सह–कोषाध्यक्ष वैभव पौडेल चयन भए ।

रेवान पोखराका अध्यक्ष नरेश भट्टराई अध्यक्षतामा बुधबार पोखरामा बसेको कार्यसमिति तथा सल्लाहकार सहितको वैठकले पौडेलद्वयलाई संयोजक र सह–संयोजकमा चयन गरेको हो । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने मुल नारा सहित आउँदो पुष १३ देखि महोत्सव लेकसाइडको झण्डै ४ किलोमिटर क्षेत्रमा सञ्चानल हुनेछ । यसपटक नारा अनुसार अधिकांस कार्यक्रम सडक लक्षित हुने संयोजक पौडेलले बताए । रजत महोत्सव समेत भएकाले पहिलाको भन्दा केहि पृथक हुने उनको भनाई छ । यसपटक गण्कडी प्रदेशका जिल्लाहरुलाई प्राथमिकतामा राख्दै ११ जिल्लाकै साँस्कृतीक समुह सडकमा उतार्ने उनले जनाए ।

पोखराको पर्यटकीय गतिविधि चलायमान बनाउन, धेरैभन्दा धेरै स्वदेशी तथा विदेशी पाहुना पोखरा भित्र्याउन यो महोत्सव सफल रहेको सह–संयोजक वैभवको भनाई छ । विगत वर्षहरुमाझै यस वर्ष पनि साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन सँगै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गित प्रतियोगिता, झाँक्री प्रदर्शन, रात्रीकालिन कन्सर्ट, बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार तथा पोखराका प्रमुख गन्तब्य सहितको डकुमेन्टी प्रदर्शन गरिने पौडेलले बताए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *