मन्त्री सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली

0Shares

कैलाली । मंगलबार जीप दुर्घटनामा परेर निधन भएका सुदूर पश्चिमका प्रदेशमा आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिइएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह र सभामुख भीमबहादुर भण्डारीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका हुन ।

आज धनगढी रंगशालामा राखिएको उहाँको शवमा प्रदेशका मन्त्रीहरु, निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल, पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट, पूर्व सभामुख अर्जुनबहादुर थापा, प्रदेश सभा सदस्यहरु, धनगढीका मेयर गोपाल हमाल, उपमेयर कन्दकला राना, आफन्त, शुभचिन्तक, राजनीतिक दलका नेता कार्यकर्ताहरुले श्रद्धाञ्जली दिए । मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१९००१ झ ४८० नम्बरको जीप डडेल्धुराबाट मंगलबार बझाङ जाँदै गर्दा बझाङकै केदारस्युँ गाउँपालिकामा दिउँसो २ बजे दुर्घटनामा परेको थियो ।

मुख्यमन्त्री कमलबहादुर शाहका अनुसार मन्त्री सिंहको पार्थिव शरीर दाहसंकारका लागि आजै नेपाली सेनाको हेलिकोप्टरबाट गृह जिल्ला बझाङ लगिदै छ ।दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मंगलबार बझाङमै मृत्यु भएको थियो ।मन्त्री सहितका तीनै जनाको दाहसंस्कार शनिबार बझाङमै गरिने कार्यक्रम छ ।
मन्त्री सिंहको असामयिक निधनको शोकमा आज (बुधबार) सुदूर पश्चिम सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *