माघे संक्रान्तीका लागि पोखराको तरकारी तथा फलफूल बजारमा विभिन्न स्थानबाट तरुल सखरखण्ड आइपुगेको छ । पोखराका तरकारी बजारमा अहिले विभिन्न थरीका तरुल बिक्री वितरण भइरहेको छ । पोखरामा नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, पाल्पा, अर्घाखाँची, चितवन, तनहुँ, स्याँग्जा लगायतका स्थानहरुबाट माघे संक्रान्तीका लागि तरुल सखरखण्ड भित्रने गर्दछ । पोखराको उत्पादनले पोखराको माग पुरा गर्न नसक्ने भएकाले बाहिरी जिल्लाहरुबाट यहाँ तरुल सखरखण्ड भित्रने गर्दछ ।
नेपाली किसानले धेरै थरीका तरुल खेती गर्दछन् । घर तरुल, वन तरुल, हात्तिपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुल अहिले बजारमा बिक्रीका लागि राखिएको देख्न सकिन्छ । पोखरामा तरुल सखरखण्ड खुद्रा मुल्य ८० देखि ९० सम्म पर्न गएको छ ।
