युएईलाई हराउदै नेपाल टी–२० विश्वकपमा छनोट

0Shares

घरेलु मैदानमा युएईलाई पराजित गर्दै नेपालले अर्को वर्ष वेष्ट इण्डिज र अमेरिकामा हुने विश्वकपमा स्थान पक्का गरेको छ । यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको हो ।

यो सँगै नेपालले ९ वर्षपछि विश्वकपमा छनोट भएको हो । नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो। जुन टी २० क्रिकेटको इतिहासमा नेपालले खेलेको त्यो पहिलो विश्वकप थियो ।

यसअघि टी २० विश्वकप खेल्ने टोलीका सोमपाल कामी मात्र अहिले छनोट हुने सफल टोलीमा पनि छन् ।

आइसीसी टि २० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको सेमिफाइनलमा युएईलाई विकेटले पराजित गर्दै नेपाल विश्वकपका लागि छनोट भएको हो । एसियाबाट दुई टोली विश्व कपका लागि छनोट हुँदा ओमानले पनि आफ्नो स्थान पक्का गरेको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *