रुपन्देहीको सैनामैनामा डुबान, सिद्धार्थ राजमार्ग अवरुद्ध

0Shares

रुपन्देहीको सैनामैना नगरपालिकाको भड्छा गाउँमा तिनाउको बाढी पसेर डुबान गराएको छ । यस्तै, तिनाउ र दानव खोलामा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । बुटवल ११ मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव खोलामा फसेका बुटवल–१४ कैलाशनगरका जनक घर्तीलाई सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने वा खोला हेर्ने उद्देश्यले बाढीको जोखिम भएको ठाउँमा नजान बुटवल उपमहानगरपालिकाले अनुरोध गरेको छ । यस्तै, निरन्तरको वर्षाका कारण सिद्धार्थ राजमार्ग मंगलबार बिहानदेखि अवरुद्ध भएको छ । राजमार्गको बुटवल–तानसेन सडकखण्डमा ६ ठाउँमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *