वडा १५ मा बृहत खेलकुद महोत्सवको तयारी

0Shares

पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा माघको पहिलो साता वडा १५ स्तरिय दोश्रो बृहत खेलकुद महोत्सव हुने भएको छ । माघको २ देखि ४ गते सम्म बन विज्ञान अध्यायन संस्थान भित्रको मैदानमा हुने महोत्सवको पूर्वाद्धमा वडाले बुधबार वडावासीसंग छलफल गरेको छ । सो अवसरमा वडाध्यक्ष तोरण बानियाँले आगामी प्रतियोगितालाई सफल पार्न वडावासीलाई आग्रह गरे । आपसी भाइचारा विकास र वडावासीविचको सम्बन्धमा सुमधुरता ल्याउन वडाले यो महोत्सव आयोजना गरेको उनले बताए ।

प्रतियोगितामा सहभागिता जनाउन वडा १५ को बासिन्दा हुनुपर्ने, तथा अन्यत्रबाट आएको भए बसाई सराईको कागजात हुनुपर्ने बानियाँले सो अवसरमा जानकारी दिए । छलफलमा वडास्थित विभिन्न युवा क्लव, आमा समुह, संघसंस्था, विद्यालय लगायतका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । उनीहरुले प्रतियोगितामा सहभागिता तथा नियम लगायतमा जिज्ञासा राखेका थिए ।
महोत्सवमा पुरुष, महिला, विद्यालय तथा अपाङ्गता भएका व्यक्तिहरुविच फरक फरक इभेण्टहरुमा प्रतिस्पर्धा हुने खेलकुद कार्यक्रमका संयोजक वडा सदस्य आशिष भण्डारीले जनाए । पुरुष स्तरिय टोल तथा क्लहरुविच फुटबल, भलिबल, ५० वर्ष माथिकाहरुको सडक दौड, डबल्स व्याडमिण्टन हुने छ ।

त्यसैगरि महिलाहरुविच भलिबल, रस्साकसी, ४० वर्ष माथिकाहरुको सडक दौड, डबल व्याटमिण्टन लगायतमा प्रतिस्पर्धा हुनेछ । विद्यालय स्तरिय फुटबल तथा अपाङ्गता भएका व्यक्तिहरुविच बास्केट बल प्रतियोगिता हुने संयोजक भण्डारीले बताए । प्रतियोगिताका विभिन्न इभेण्टमा जित हाँसिल गर्ने टिमहरुले नगद सहित शिल्ड मेडल प्रमाण–पत्र पुरस्कार प्राप्त गर्नेछन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *