वर्षाका कारण विभिन्न स्थानमा बाढि, पहिरो र सडक अवरुद्ध

0Shares

गएराति देखी परेका वर्षाका कारण गण्डकी प्रदेशका ठाउँ ठाउँमा सडक अवरुद्ध भएका छन् । वर्षाका कारण बेनी–दरबाङ सडक खण्डको बेनी नगरपालिका–४ स्थित घुमाउने भिरमा पहिरोको कारण सडक अबरोध भएको छ । पहिलो हटाउन प्रहरी टोली खटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

त्यसै गरी पृथ्वी राजमार्ग अन्तरगत तनहुँको म्याग्दे–४ मनोहरीमा बाटो हिलो भएको कारण २ ट्रक र ३ बस फस्दा राजमार्ग पुर्ण रुपमा अवरोध भएको छ । त्यसै गरी बेनी–जोमसोम सडकको रघुगंगा–३ बैसरीमा लेदो सहितको पहिरोले सडक अबरोध भएको छ । मालढुङ्गा–बेनी सडक अन्तरगत कुश्मा–१ मालढुङ्गामा पहिरोका कारण सडक पुर्ण रुपमा अबरोध भएकाले प्रहरीले खुलाउने प्रयास गरीरहेको जनाएको छ ।

बेसिशहर–मनाङ सडक पनि मर्स्याङदी–४ हावाडाँडामा पहिरोका कारण सडक पुर्ण रुपमा अबरोध भएको प्रहरीले जनाएको छ । उता सिद्धार्थ राजमार्ग अबरोध पनि अवरुद्ध छ । वालिङ नगरपालिका–८ ओम शान्ति, वालिङ–१० मोदिखोला, गल्याङ–८ चिउरी र गल्याङ–११ मुडकिल्ला गरी ४ स्थानमा पहिरोका राजमार्ग पुर्ण रुपमा अवरोध भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *