शुभकामना आमा समुहको मादल बजाउने तालिम

0Shares

आमा समुहको आयआर्जनको मुख्य श्रोत टोल छिमेकमा खुशियालीमा प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रम हो । जुन कार्यक्रमका लागि पहिलो वाद्ययवादको साधन भनेको मादल हो । उक्त आवश्यकतालाई मध्येनजर गर्दै पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटनस्थित शुभकामना आमा समुहले आप्ना सदस्यका लागि पन्ध्रदिने मादल वजाउने तालिम सम्पन्न गरेको छ । रातोपैह्रास्थित समुहको वहुदेश्यीय सभा हलमा सञ्चालित तालिममा १७ जना महिलाको सहभागिता रहेको थियो ।

सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा मादल बजाउने कलाकारको अभाव बढ्दै गएपछि समुहको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको आमा समुहका अध्यक्ष पार्वतीय खड्काले जानकारी दिनुभयो । पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले तालिमका सहभागिलाई प्रमाणपत्र वितरण गर्दै प्राप्त सिपलाई व्यवहारमा उतार्न सके तालिम सफल हुने विश्वास व्यक्त गर्नुभयो । आमा समुह र मादल एक अर्काका परिपुरक रहेको बताउँदै यस्ता तालिममा वडास्तरबाट आवश्यक सहयोग गर्ने उहाँको प्रतिवद्धता थियो । सञ्चारकर्मी हरि बास्तोलाले आमा समुहको माध्येमबाट महिला नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै समुहलाई स्थानीय सरकारको सहयोग अपरिहार्य भएको बताउनुभयो ।

कार्यक्रममा समाजसेवी टिकाराम पौडेलले, प्रशिक्षक दिलिप गायक, घारीपाटन टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र क्षेत्री, सहभागि रन्जिता सुवेदी, समुहका उपाध्यक्ष मिना द्धारे खाँण, सदस्य लेस्ली ठुसाजु लगायतले यस क्षेत्रको विकास निर्माणमा आमा समुहले पु¥याएको योगदानका वारेमा चर्चा गर्नुभएको थियो । उहाँका अनुसार समुहले यस क्षेत्रका चार जना क्यान्सर पिडीतलाई अािर्थक सहयोग गरेको थियो । जनही २५ हजार रुपैयाका दरले आर्थिक सहयोग गरेको समुहका सचिव सिर्जना खनालले जानकारी दिनुभयो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *