आर्वा विजय माबिमा कानुनी प्रशिक्षण तथा अन्तरक्रिया

0Shares

पोखरा महानगरपालिका वडा नं १३ ढाँडबेसीमा अबस्थित आर्वा विजय माविको आयोजना, पो.म.न.पा. न्यायिक समितिको आर्थिक सहयोग र पोखरा १३ वडा कार्यालयको समन्वयमा विद्यार्र्र्थीसंग न्यायिक समिति कानुनी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भयो ।

पोखरा महानगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक मन्जुदेबी गुरुङको प्रमुख आतिथ्यतामा संचालित उक्त कार्यक्रममा पो.म.न.पा. न्यायिक समिति सदस्यहरु कालिदास पोख्रेल र रजनी परियारले कानुनी प्रशिक्षण दिएका थिए ।
उक्त कार्यक्रममा आर्वा विजय माविका सम्पुर्ण विद्यार्थीहरु, वि.व्य.सका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाघिकारीहरु र सम्पुर्ण शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवसागर बरालको अध्यक्षता भएको कार्यक्रमको संचालन प्रधानाध्यापक पद्मादेवी बरालले गरेकी थिइन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *