एक महिनामा ६७४ मनसुनजन्य विपद्का घटना, ३१ जनाको मृत्यु

0Shares

जेठ १५ देखि यही असार १६ गतेसम्म ६ सय ७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । ती घटनामा ३१ जनाको मृत्यु भएको छ भने १ सय १२ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यस अवधिमा पहिरोका ८७ घटनामा २५ घरमा आंशिक र ११ घरमा पूर्ण क्षति भएको छ । समीक्षा अवधिमा एउटा पुल, सात वटा गोठ र १४ चौपाया मरेका छन् । पहिरोबाट दुई करोड २१ लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

यसैगरी, बाढीका ६४ घटनामा चार जनाको मृत्यु भएको तथा चार जना नै घाइते भएका छन् । बाढीबाट १ सय २३ परिवार प्रभावित भएका छन् । चार वटा घरमा क्षति भएको छ । चट्याङका ८२ वटा घटनामा आठ जनाको मृत्यु भएको, २० जना घाइते भएका छन् । हुरीका ४५ घटनामा एक जनाको मृत्यु भएको तथा तीन जना घाइते भएका छन् । विपद्का घटनामा २६ करोड रुपैयाँको आर्थिक क्षति भएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *