एशियाली खेलकूद अन्तर्गत पब्जीमा नेपाली टीम सेमिफाइनलमा

0Shares

चीनको ह्याङचउमा जारी एसियाली खेलकुद अन्तर्गत पब्जीमा नेपाली टिम सेमिफाइनलमा पुगेको छ । शुक्रबार भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो । पब्जीको नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई छन् । पब्जीमा चार समूह रहेकोमा नेपाल रहेको समूहबाट नेपाल र हङकङ सेमिफाइनलमा पुगेका हुन ।

समूह ‘ए’ बाट दक्षिण कोरिया र थाइल्यान्ड सेमिफाइनलमा पुगेका छन् । यस्तै समूह ‘बी’ बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह ‘डी’ बाट जापान र इन्डोनेसिया सेमिफाइनलमा पुगेका छन् । चार समूहबाट आएका शीर्ष दुई–दुई टिम गरी आठ टिमबीच दूई समूहमा सेमिफाइनल खेल हुनेछ । जस मध्ये शीर्ष दुई टिम फाइनलमा पुग्नेछन् । नेपालले भोलि हुने समूहमा दोस्रो स्थान हात पारे फाइनलमा स्थान बनाउने पक्का छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *