कालिका माविलाई छात्रा क्रिकेटको उपाधी

0Shares

कालिका माविले कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा शुक्रबार भएको फाइनल खेलमा सिद्ध माविलाई ४ विकेटले पराजित गर्दै कालिकाले सो उपाधी रक्षा गरेको हो ।
पहिला व्याटिङ गरेको सिद्धले पुरा २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । सिद्धका लागि रचना चौधरीले ४५ रन बनाइन् । कालिकाका बलरहरु पूर्णिमा गुरुङ र श्रद्धा गुरुङले समान ३ तथा अञ्जना सिंखडाले २ विकेट लिइन् ।


जितका लागि १ सय ५ रनको लक्ष्य पछ्याएको कालिकाले १९ औं ओभरमा ६ विकेट गुमाएर विजयी लक्ष्य पार गर्याे । कालिकाको जितमा श्रद्धा गुरुङले अभिजित २६ तथा रिया गुरुङले २१ रनको पारी खेले । सिद्धका बलरहरु रेजिना गदलले २ तथा सञ्जिला राना मगरले १ विकेट लिइन् । प्रतियोगितामा कूल १ सय ४६ रन तथा ७ विकेट लिएकी सिद्धकी रचना चौधरी प्लेयर अफ द सिरिज बनिन् । २ सय ३ रन बनाएकी कालिकाका रिया गुरुङ वेष्ट ब्याटर तथा ९ विकेट लिइकी श्रद्धा गुरुङ उत्कृष्ट बलर भइन् । श्रद्धा सिपको साथी कफि क्लास प्लेयर अफ द म्याच भइन् ।

विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि आयोजक समितिका अध्यक्ष दिपक बहादुर गोदार, सदस्य सचिव सुवास खड्का, मुख्य प्रायोजकका तर्फबाट टी.आर.काफ्ले, पोखरा–३ का पूर्व वडाध्यक्ष रबिन्सन प्रजु, संयोजककर्ता समितिका अध्यक्ष बिरेन्द्र पुन, उपाध्यक्ष गोविन्द प्रधान लगायले ट्रफि मेडल प्रमाणपत्र प्रदान गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथि गोदारले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न समितिले ग्रासरुटका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए । त्यस्तै, बिरेन्द्र पुनले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *