कास्की छनौंट क्रिकेट शुरु ; टिम रुपाको विजयी शुरुवात

0Shares

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबारदेखि पोखरामा शुरु भएको कास्की छनौंट प्रतियोगितामा टिम रुपाले विजयी शुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा रुपाले फेवामाथि ५१ रनको जित निकालेको हो । पहिला व्याटिङ गरेको रुपाले ४३.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ९५ रन बनायो । रुपाको तर्पmबाट म्यान अफ द म्याच सिबीन श्रेष्ठले ७४ रन बनाए । मुस्कान थापाले ३७ रन जोडेका थिए । फेवाका बलरहरु विश्वास वाँस्तोलाले ३ तथा सन्तोष सर्मा र अभिषेक थापाले २÷२ विकेट लिए ।

जितका लागि १ सय ९६ रनको लक्ष्य पाएको फेवाले ३०.१ ओभरमा अलआउट हुँदै १ सय ४४ रन बनायो । फेवाको तर्फबाट अभिषेक थापाले २८ तथा शिव कुमारले १९ बनाए । रुपाका सिब्रिन श्रेष्ठले ६ विकेट हाता पार्दा सुदिप पौडेलले २ विकेट लिए । प्रादेसिक खेलकुद परिषद गण्डकीका सदस्य ऋषिराम गौतमले म्यान अफ द म्याच सिब्रिनलाई पुरस्कृत गरेका थिए ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले क्रिकेटलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका थिए । नेपाललाई क्रिकेटले जसरी विश्व सामु चिनाएको छ त्यस कारण पनि क्रिकेट उच्च प्राथमिकतामा रहेको बताउँदै भने–“अहिले सरकारले क्रिकेटलाई ‘हाई प्राइरोरीटी’मा राखेको छ । हरेक प्रदेशमा एक राष्ट्रिय गौरवको क्रिकेट रंगशाला निर्माणको कार्य अघि बढाएका छौं ।”

पहिलो चरणमा बिराटनगर, मुलपानी र चितवनलाई राष्ट्रिय गौरवको क्रिकेट रंगशाला निर्माणका लागि घोषणा गरिसकेको जनाउँदै मन्त्री लिम्बुले ति ठाउँका निर्माण सुरु गर्ने प्रक्रिया टुङ्गाएर अरु प्रदेशमा चरणवद्ध रुपमा निर्माणको प्रक्रिया अघि बढाउने बताए । उनले भने–“यो घोषणाले खेलाडीलाई उत्साह आउने छ भने अर्कोतर्फ लामो समय देखि खेल क्षेत्रमा लागेकाहरु उत्साहित हुन् र लगानी खेर नजाओस भन्ने सरकारको उद्धेश्य हो ।” सो अवसरमा आयोजक संघ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलले मन्त्री लिम्बुलाई कास्कीको क्रिकेटका बारेमा जानकारी गराएका थिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *