क्रिकेट इतिहाँसमै दुर्लभ तीन सुपर ओभर, नेपाल पराजित

0Shares

स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको छ । क्रिकेट इतिहाँसमै दुर्लभ तीन सुपर ओभर भएको सम्भवत यो पहिलो खेल भएको टिप्पणी गरिएको छ । यो पनि क्रिकेट इतिहाँसको एक कीर्तिमान हो । नेदरल्यान्ड्सले जीतका लागि दिएको एक सय ५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ५२ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । निक्कै प्रतिस्पर्धात्मक खेलमा पहिलो सुपर ओभरमा नेपालले १९ रन बनायो । जवाफमा नेदरल्यान्ड्सले पनि १९ रन जोडेपछि खेल पुन सुपरओभरमा गयो । 

दोस्रो सुपर ओभरमा पनि दुबै टोलीले १७ –१७ रन जोडेपछि खेल तेस्रो सुपर ओभरमा पुग्यो । तेस्रो सुपर ओभरमा नेपालले ४ बलमा कुनै रन नजोडी २ विकेट गुमायो । जवाफमा नेदरल्यान्ड्सका माइकल लेभिटले सन्दीप लामिछानेको पहिलो बलमा नै छक्का प्रहार गरेर टोलीलाई जिताए । 

पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ५२ रन बनाएको थियो । शृङ्खलाअन्तर्गत आइतबार भएको पहिलो खेलमा स्कस्टल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *