गण्डकीका मुख्यमन्त्री पाण्डे सहित मेयर आचार्य चीन भ्रमणमा

0Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीनको ल्हासा प्रस्थान गरेका छन्। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डेसहितको उच्चस्तरीय टोली चीन भ्रमणमा गएको हो।

टोलीमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य समेत सहभागी छन्। भ्रमणका क्रममा मुख्यमन्त्री पाण्डेले कोरला नाका खोल्ने तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि चीन सरकारसँग उच्चस्तरीय पहल गर्ने कार्यक्रम रहेको बताइएको छ। साथै, दुई देशबीच व्यापार सहरीकरणसम्बन्धी विषयमा पनि छलफल हुने जनाइएको छ।

मुख्यमन्त्री पाण्डेको अनुपस्थितिमा गण्डकी प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पद्मा जिसी श्रेष्ठलाई दिइएको छ। भ्रमणपछि पाण्डे साउन १२ गते नेपाल फर्किने कार्यक्रम छ। मुख्यमन्त्री पद सम्हालेपछि पाण्डेको यो पहिलो औपचारिक अन्तर्राष्ट्रिय भ्रमण हो।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *