गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आज देखि

0Shares

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरू हुँदैछ । लामो सयम पछि शुरु हुन लागेको अधिवेशनमा विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउ विजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अधिवेशनमा पेस गर्ने तयारी छ ।

सरकारले यही अधिवेशनमा प्राइभेट फार्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक पनि सदनमा पेस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन् । यसअघि प्रदेश मामिला तथा कानुन समितिद्वारा आमसञ्चारसम्बन्धी व्यवस्था गर्न विधेयक र सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउ विजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित भएका छन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *