पृथ्वीनारायण शाहको शालिक भत्काइएको शहर पोखरामा पुनःशाहको शालिक राखिने भएको छ । पोखरा महानगरपालिका भित्र पृथ्वीनारायण शाहको शालिक बनाउने भन्दै गण्डकी प्रदेश सरकारले बजेटनै विनियोजन गरेको छ । प्रदेश सरकारले पुस २७ गते राष्ट्रिय एकता दिवसको रुपमा पृथ्वी जयन्ती समेत मनाउने भएको छ । गण्डकी प्रदेश सरकारले शनिबार ल्याएको बजेटमा सो कुरा उल्लेख गरिएको हो ।
यसअघि पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक फोडिएको थियो । हाल सो स्थानमा लखन थापाको शालिक रहेको छ । पोखरामा शालिक विवादले उग्ररुप लिएको थियो । पोखराको जामुनबोटस्थित शहिद पार्कमा पनि पृथ्वीनारायण शाहको शालिका निर्माण गरिएको छ ।
