गृहमन्त्री रवी लामिछानेको राजीनामा पोखरामा माग्दै प्रदर्शन : प्रहरी र विद्यार्थीविच ढुङ्गा हानाहान

0Shares

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै नेपाल विद्यार्थी संघले पोखरामा प्रदर्शन गरेको छ । बिहीबार साँझ नेविसंघले पोखरास्थित पृथ्वीनारायण क्याम्पसको गेटमा गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा उनीहरुले पोखरामा टायर बाल्नुका साथै लामिछानेको पुतला दहन गरे ।

गृहमन्त्री राजीनामा दे, गृहमन्त्री मुर्दावाद, सहकारी ठगलाई कारबाही गर्, भ्रष्ट सरकार मुर्दावाद लगायत नारा लगाएका थिए । सो क्रममा प्रहरी र आन्दोलनकारीबीच ढुङ्गा हानाहान भएको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *