डागर स्मृति पुरस्कार युवा पाइटल दीक्षान्तलाई

0Shares

डागर स्मृति पुरस्कार-२०८१ बाट युवा पाइलट दीक्षान्त जंगबहादुर राणा पुरस्कृत भएका छन् । डागर स्मृति प्रतिष्ठान नेपालले राजन पराशर डागरको २३ औं स्मृति दिवस समारोहबीच उक्त पुरस्कार अर्पण गरेको हो । २० हजार राशिसहितको उक्त पुरस्कार ऋषि पञ्चमीका दिन पोखरामा एक समारोहका बीच अर्पण गरिएको हो ।

कार्यक्रमका प्रमुख व्यक्तित्व लायन्स इन्टरनेशनल ३२५ जे का डिस्ट्रीक्ट गभर्नर मिलन थापा, प्रतिष्ठानका संरक्षक रमा पराशर, संस्थपाक अध्यक्ष हिरा बास्तोला, वर्तमान अध्यक्ष विन्दु श्रेष्ठले संयुक्त रूपमा पुरस्कार अर्पण गरे । डिस्ट्रीक्ट गभर्नर मिलन थापाले हरेकका जीवनमा सङ्घर्षका कथा हुने र ती कथाभित्र लुकेका व्यथालाई भुलेर समाजका जागरुक प्रतिभालाई प्रोत्साहित गर्ने रमा पराशर पोखरेली चेली नै भएको दावीसमेत गरिन् ।

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकीका अध्यक्ष कृष्णप्रसाद पोखरेलले राजन पराशर डागरलाई व्यवहारिक जीवनका समस्यालाई समस्या नठानेर सदावहार उर्जाका साथ प्रस्तुत हुने प्रतिभाका रूपमा चित्रण गरे । पुतली बजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबाले जीवन जीउने तरिका रमा पराशरबाट सिक्नुपर्ने धारणा राखे ।

लायन्स क्लब अफ पोखरा समर्पणकी अध्यक्ष अर्चना कर्मचार्यले प्रतिष्ठानको कोषको स्तरोन्नतिका लागि १० हजार आर्थिक सहयोग गर्दै, मानवलाई आत्मविश्वासले नै सफलताको शिखरतर्फ डो¥याउने बताइन् । समारोहमा समाजसेवी विद्यालक्ष्मी गुरुङले पनि प्रतिष्ठानको अक्षयकोषका लागि १५ हजार आर्थिक सहयोग गरेकी छन् । सोही समारोह बीच लक्ष्मी श्रेष्ठ र डा सुरुची गुरुङलाई आजीवन सदस्यतासमेत प्रदान गरिएको छ ।

पुरस्कृत प्रतिभा युवा पाइलट दीक्षान्त जंग बहादुर राणाले पुरस्कारले प्रोत्साहन मिलेको बताए । उनले आफूले प्राप्त गरेको पुरस्कार रकम विपन्न समुदायका लागि सहयोग गर्दै आएको जानकारी गराए । पुरस्कृत प्रतिभाबारे प्रकाश पार्दै प्रतिष्ठानका परिकल्पनाकार दीपेन्द्र श्रेष्ठले १७ वर्षको उमेरमा डेल्टा क्वालिफ्लाइटबाट व्यावसायिक उडान अनुमतिपत्र प्राप्त गरेका दीक्षान्तले सन् २०१९ बाट व्यावसायिक जीवन शुरू भएको जानकारी दिए । प्रतिष्ठानले नेपाली वाङ्मय, विज्ञान प्रविधि, शिक्षा, स्वास्थ्य, वातवारण, राष्ट्रसेवा, समाजसेवाका क्षेत्रमा पुरस्कार अर्पण गर्दै आएको अध्यक्ष विन्दु श्रेष्ठले जानकारी दिइन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *