नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा ४ रुपैयाँ, डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
निगमका अनुसार बढेको मूल्य सोमबार राति १२ बजेदेखि कार्यान्वयन हुनेछ । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १७१, डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य १६० पुगेको छ ।