डेभिस कपमा माल्दिभ्सविरुद्ध नेपालको सानदार जित

0Shares

बहराइनमा जारी डेभिस कप टेनिस अन्तर्गत नेपालले माल्दिभ्समाथि ३–० को जित निकालेको छ । नेपालको लागि सिंगल्समा प्रतियोगिताभर अभिजित रहेका अभिषेक बाँस्तोलाले जित हाँसिल गरे । त्यस्तै सिंगल्समै रितिक राना तथा डबल्समा प्रदीप खड्का र अकि जुवेन रावतले माल्दिभ्सको टिममाथि जित प्राप्त गरेका हुन् । यो जितसंगै नेपालले १३ राष्ट्र सम्मिलित एसिया/ओसिएनिया क्षेत्रको छनोटमा पाँचौं स्थान हाँसिल गरेको टिम म्यानेजर नविन चालिसेले दृश्यम खबरलाई जानकारी दिए ।


अभिषेकले अब्दुल्ला फैह फाजिललाई ६–२, ६–७ (८/१०), ६–२ ले हराएका थिए । रितिकले माल्दिभ्सका दाउद शाहिबलाई ६–४, ६–० ले र प्रदीप र अकीको जोडीले मोहमद कैसान र आइहम सियामलाई ६–१,६–२ को सोझो सेटमा पराजित गरे । यसअघि नेपालले यमनमाथि २–१ को स्कोर निकाल्दै जित हाँसिल गरेको छ । प्रतियोगिताकै बलियो टिम मानिएको कतारविरुद्धको खेलमा भने नेपालले २–१ हार स्किारेको थियो ।

टेनिसको विश्वकप मानिने डेभिस कपमा नेपाली खेलाडीहरुको प्रदर्शन चित्त बुझ्दो रहेको म्यानेजर चालिसेको भनाई छ । ‘हामी २०–२२ डिग्री सेल्सियसबाट आएर यहाँ ३५–४० को तापाक्रममा खेलेका छौं, यसका बावजुद हाम्रा खेलाडीले जुझारु प्रदर्शन गरे’–चालिसेले भने ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *