स्वर्गिय पत्रकार त्रिभुवन पौडेलको स्मृतीमा दोश्रो संस्करणको फाइभ ए साइड फुटबल प्रतियोगिता फागुणको दोश्रो साता सञ्चालन हुने भएको छ । परिवर्तन युवा क्लब, पोखरा–२२ कास्कीको आयोजनामा हुने उक्त प्रतियोगिता पोखरा २२, सिम्लेपाखा खेलमैदानमा सञ्चालन हुने छ । आयोजक क्लवले पोखरामा पत्रकार सम्मेलन गर्दै फागुन ७ देखि ९ गतेसम्म सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।

क्लवका अध्यक्ष सुदिप बरालका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ८० हजार पाँच सय पचपन्न रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । द्वितीय हुने टिमले नगद ४० हजार ५ सय ५५रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई विधागत पुरस्कार प्रदान गरिने अध्यक्ष बरालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । युवामा खेलप्रतिको आकर्षण बढाउने, लुकेका प्रतिभाको पहिचान गर्ने, दक्ष खेलाडी उत्पादन गर्ने तथा प्रतिस्पर्धा मार्फत खेलाडी छनोट गरी विभिन्न प्रतियोगितामा सहभागिता गराउने उद्येश्यका साथ प्रतियोगिता आयोजना गरिएको सो अवसरमा जानकारी दिइएको थियो ।
नेपाल पत्रकार महासंघका कास्की अध्यक्ष माधव बरालले स्व.पत्रकार त्रिभुवन पौडेलको स्मृती गर्दै स्व. पौडेल एक हक्की र होनहार पत्रकारका रुपमा चित्रण गर्नुभयो । दुई वर्ष अघि माघ १ गते पोखरामा भएको यती एयरलाइन्स दुर्घटनामा परि पौडेलले स्वर्गारोहण भएको थियो । क्लवका सचिव दक्षिणा बरालले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष सरस्वती बरालले स्वागत मन्तव्य राख्नुभएको थियो ।
