पोखरामा जारी २४ औं सस्करणको आहा रारा पोखरा गोल्डकपको सेमीफाइनलमा विभागिय टोली नेपाली पुलिस क्लबले स्थान बनाएको छ ।सहारा क्लब पोखराको आयोजनामा शनिबार पोखरा रंगशालामा भएको पहिलो क्वाटरफाइनलमा बिग्रेड ब्वाइज क्लब युकेलाई २–० गोलले पराजित गर्दै नेपाल पुलिस क्लब सेमीफाइनलको यात्रा तय गरेको हो । पोखराको मैदानमा भाग्मानी मानिने नेपाल पुलिस चार वर्ष पछि सेमीफाइनलमा पुगेको हो । नेपाल पुलिस क्लब २०७७ मा अन्तिम पटक सेमीफाइनलमा स्थान बनाएको थियो ।

नेपाल पुलिसले दुवै गोल खेलको पहिलो हाफमा गर्यो । खेलको २७ औं मिनेटमा नेपाल पुलिसले अग्रता लियो । पुलिसले पाएको कर्नर किकको सदुपयोग गर्दै बिबेक पाण्डेले टिमका लागि खाता खोले । उनको प्रहार सेकेण्ड बारमा लाग्दै गोलमा परिणत भयो । सहारा विरुद्ध प्रि क्वाटरको खेलमा समेत उज्वल राईले कर्नर बाटनै गोल गर्दै पुलिसलाई जिताएका थिए ।
खेलको ४० औं मिनेटमा पुलिसले बिग्रेढ विरुद्ध दोस्रो गोल थप्यो । विवेक पाण्डेको कर्नरमा कप्तान राम वाजीले फ्रिहेडर गोल गर्दै टिमलाई सहज जित दिलाए ।पुलिसले सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी बीचको विजेतासँग खेल्नेछ ।