पोखराका प्रदीप, गोपी, धरम र लोकले बुटवलबाट ट्रफि ल्याउने निश्चित

0Shares

पोखरेली टेनिस खेलाडी प्रदीप खड्का बुटवलमा जारी दोश्रो मेयर कप तथा छैटौं बुटवल ओपन टेनिस प्रतियोगिता मेन्स सिंगलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । मेन्स डबल्सतर्फपनि प्रदीप र नेहाल जंगबहादुर थापाको जोडी पनि सेमिफाइनलमा पुगेको छ । पोखराकै गोपीबहादुर भट्टराई र कमल भण्डारी अन्र्तगत ४५ वर्ष माथिको पुरुष एकलतर्फ उपाधीका लागि भिड्ने भएका छन् । माधब भण्डारीले आफ्नों टेनिस यात्रामा उत्कृष्ट प्रदर्शन गर्दै गोपी भट्टराईलाई कडा चुनौती प्रस्तुत गर्दा गोपीले कठिन जित निकाले । उनले भण्डारीलाई १–६, ७–५ र सुपरटाईमा १०–५ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

पोखराका धरमबहादुर लामिछाने र लोक गुरुङ्गको जोडीले ५५ वर्ष माथिको डबल्सतर्फ फाइनलमा स्थान बनाएका छन् । यो जोडीले जोली टोरान र चन्द्र शाहिको जोडीमाथि ६–१, ६–१ को सहज जित निकाल्दै फाइनलमा स्थान बनाएका हुन् । कास्की जिल्ला टेनिस संघका अध्यक्ष समेत रहेका लोक जोडीले अब उपाधीका लागि बिमल वाइबा र हिमाल शाहको जोडीसंग प्रतिस्पर्धा गर्नेछ । ४५ वर्ष माथिको डबल्समा गोपी र धरम जोडीपनि फाइनल पुगे । पोखराकै विकास गुरुङ्ग र शरण गुरुङ्गले वाकओभर दिएपछि गोपी धरम जोडी फाइनलमा पुगेको हो । त्यसअघि उनीहरुले सिम जिम मान र तेज लीको जोडीलाई ७–५, ६–२ ले पराजित गरेका थिए । राजु श्रेष्ठले ५५ वर्ष माथिको फाइनलमा स्थान बनाएका छन् । सेमिफाइनलमा उनले विष्णु हमाललाई ६–०, ६–१ ले पराजित गरे । उपाधीका लागि श्रेष्ठले चन्द्र शाहिसंग प्रतिस्पर्धा गर्नेछन् ।

पोखराका राज गुरुङ्ग र केवी तामाङको जोडीले क्वाटरफाइनलमा सब्बर मिया र गोपाल ज्ञवालीको जोडीलाई पराजित गरेको थियो । फरक फरक इभेण्टमा भाग लिएका पोखरेली खेलाडीहरुको पहिलो खेलमा राजन पौडेलले विश्वास तामाङलाई, नविन श्रेष्ठले निश्चल थापालाई, विकास गुरुङ्ग हङकङले प्रकास बस्नेतलाई, पदम गुरुङ्ग र राज गुरुङ्ग जोडीले विष्णु हमाल र मनोज नेपाल जोडीलाई पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएका थिए । विष्णु थापा भने पहिलो खेलमा माधब भण्डारीसंग पराजित हुन पुगे ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *