पोखराको प्याराग्लाइडिङ पुनः सराङकोटबाटै उडान हुँदै

0Shares

पोखराको साहसिक पर्यटनको गन्तव्य बनेको प्याराग्लाइडिङ सराङकोटस्थित पुरानैस्थान तोरीपानी क्षेत्रबाट सञ्चालनको हुने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वर्षोदेखी ‘टेकअफ’ हुँदै आएको स्थानबाट विस्थापित भएर पोखरा—२४ मान्द्रेढुँगा पुगेकामा पछिल्लो समय पूर्ववतस्थानबाटनै सञ्चालन गर्न लागिएको हो ।
पोखरा प्याराग्लाइडिङ उडानका लागि उत्कृष्ट, प्राकृतिक हिसावले मनमोहक र हावपानीका हिसावले वर्षभरी उड्न मिल्ने हुँदा स्वदेशी एवं विदेशी पर्यटकहरुको रोजाइको विधा बन्दै आएको छ ।
अहिले उडान हुँदै आएको स्थान मान्द्रेढुँगा र अवतरणस्थल पामे दूरीका हिसाबले पनि टाढा रहेको छ । सुरुआतदेखीनै सराङकोटबाट उडान भरेर फेवाताल किनार खपौँदीमा अवतरणको दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई उत्साहित बनाउने गरेको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *