पोखरा महानगरपालिकाको घना बस्ती रहेको वडा नं. ७ स्थित एक घरमा बाघ भेटिएको छ । स्थानिय शोभाचन्द्र बरालको घरको कम्पाउन्ड भित्र बाघ भेटिएको हो । मंगलबार दिउँसो करिब ३ बजे बाघ देखिएपछि स्थानीयले डिभिजन वन कार्यालय ै फोन गरेर जानकारी गराएका थिए।

सूचना प्राप्त भएपछि डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत हरिप्रसाद गौतमको नेतृत्वमा गएको टोलीले तत्कालै उद्धार प्रक्रिया अघि बढाएको थियो। टोलीले बाघलाई सुरक्षित रूपमा नियन्त्रणमा लिँदै पचभैया वन्यजन्तु उद्धार केन्द्रमा स्थानान्तरण गरेको छ। दिन दहाडै बाघ देखिएपछि स्थानीयवासीहरूमा केही समय त्रास फैलिएको थियो । बाघलाई सुरक्षित रूपमा उद्दार गरेपछि स्थिति भने सामान्य बनेको स्थानीय पत्रकार तीर्थ केसीले जान्कारी दिए ।
