पोखरामा वाडा अटो शो’ सुरु, १९ ब्राण्डका गाडीको बिक्रि तथा प्रर्दशन

0Shares

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को आयोजनामा पोखरामा विहिबारदेखि वाडा अटो सो २०२५ को सुरु भएको छ । पोखरामा पहिलो पटक वाडा अटो सो २०२५’ कार्यक्रम आयोजना भएको हो । अमरसिंहचौरमा ४ दिन सम्म चल्ने उक्त कार्यक्रमको पोखराका मेयर धनराज आचार्यले उद्घाटन गर्दै पोखरामा अटो व्यवसायलाई ब्यबस्थित गनुपर्ने बताए । पछिल्लो समयमा बिद्युतीय सवारी साधनको अत्याधिक प्रयोग बढेको उनले जनाए । महानगरले २० लाख पर्यटक भित्राउले लक्ष्य सहित सुरु भएको पोखरा भ्रमण बर्षलाई सफल पार्न यस्ता कार्यक्रमले समेत थप सहयोग पुग्ने मेयर आचार्यले विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहेको कार्यक्रम संयोजक एवम वाडाका उपाध्यक्ष निरन केसीले बताए ।

नविनतम् सवारी साधनका मोडलहरू, आधुनिकप्रविधिहरू तथा यस क्षेत्रका अन्य सेवा प्रदायकहरूको एकै थलोमा प्रदर्शन हुनुका साथै नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२५ मा स्थानीय एवं देशभरबाट डिलर, उत्पादक, विक्रेता एवं ग्राहकहरूको भेलाले गण्डकी प्रदेशमा सवारी साधन र सम्बन्धित सम्पूर्ण क्षेत्रको विकास, बजारीकरण र विस्तारका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने वाडा अध्यक्ष कोइरालाले बताए । प्रदर्शनीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सवारी साधन सुरक्षा सम्बन्धी जानकारी, सडक सुरक्षा तथा ट्राफिक नियम पालना सम्बन्धी विविध जानकारी मूलक कार्यक्रमहरू सञ्चालन गरिने छन । प्रदर्शनीले स्थानीय रुपमा देखिने वा महसुस गरिने विभिन्न व्यावसायिक समस्याहरूको चिनारी गर्ने तथा त्यसका सामाधानका विकल्पहरु खोज्ने साझा थलो बत्र सक्ने आयोजकहरूको विश्वास छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *