पोखरा महानगरपालिकाले चाडपर्व लक्षित अनुगमन सुरु

0Shares

पोखरा महानगरपालिकाले चाडपर्व लक्षित अनुगमन सुरु गरेको छ ।नेपालीहरुको पर्व बडा दशैँ नजिकिएसंगै महानगरले अनुगमन सुुरु गरेको हो । महानगर उपभोक्ताहित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा शुक्रबार पोखराका विभिन्न ८ वटा पसलमा अनुगमन गरिएको हो ।पोखरा वडा नम्वर २ रहेका भवानी पुजा सामग्री, महालक्ष्मी पुजा सामग्री भण्डार, सेलवेज क्यास एण्ड क्यारी प्रालि, एसएए स्टोर्स, गौचन स्टोर्स, ओझा किराना पसल, वडा नम्बर ३ मा रहेको साथी सपिङ सेन्टर र पोखरा ८ मा रहेको सहारा ट्रेडिङमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा भवानी पुजा सामग्रीमा प्रतिबन्धित प्लाष्टिकका माला र फुलका गुुच्छा नष्ट गरिएको छ भने प्याकेजिङ अनुुमतिपत्र नलिई प्याकेजिङ गरेर विक्री वितरण गरेको, व्यवसाय नविकरण नगरेको र थप कारबाहीका लागि कार्यालयमा उपस्थित हुन निर्देशन दिइको छ । महालक्ष्मी पुजा सामाग्रीमा १५ सय बराबरको प्लाष्टिकका माला नष्ट गरिएको छ । उक्त पसलमा मुल्यसुचि नभएको ब्यवसाय दर्ता, नापतौलको दर्ता नभएको , लेवल नभएका सामाग्री विक्रीवितरण गरेको पाइएको छ ।
अनुगमनका महानगरका उपप्रमुख एवं अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङ, महानगरका प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारी, महानगर उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटा, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि उमाकान्त रेग्मी, गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रतिनिधि रघुनाथ पौडेल, खाद्य प्रविधि तथा गुण  नियन्त्रण कार्यालय पोखराका प्रतिनिधि रविना सुनार, महानगर सहकारी तथा उद्योग शाखाका प्रतिनिधि राजु सुवेदी, महानगरस्तीय राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि हुुमनाथ अधिकारी लगायतको सहभागीता रहेको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *