प्याराडिसो कप पोखरा भेट्रान्स : नविन श्रेष्ठलाई दोहोरो उपाधी

0Shares

कास्की जिल्ला टेनिस संघको आयोजना तथा प्याराडिसो स्पोर्ट बारको सहयोगमा पोखरामा सम्पन्न कास्की भेट्रान्स सिंगल तथा डबल्स टेनिस प्रतियोगितामा नविन श्रेष्ठले दोहोरो उपाधी जितेका छन् । सिंगल फाइनलमा उनले धरमबहादुर लामिछानेलाई ३–६, ६–४ र सुपरटाईमा १०–५ ले पराजित गरे । त्यस्तै डबल्सतर्फ नविन श्रेष्ठ र के.वी. लामाको जोडीले धरमबहादुर लामिछाने र बसन्त प्रधानको जोडीलाई ६–२, ६–३ ले पराजित गर्दै उपाधी जित्न सफल भएको हो ।

विजयी खेलाडीहरुलाई आयोजक संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ, प्याराडिसोका सञ्चालक गोपीबहादुर भट्टराई, गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थ, अग्रज टेनिस खेलाडी समिर शेरचन, अनिल तुलाचन लगायतले नगद सहित ट्रफी मेडल प्रमाण पत्र पुरस्कार प्रदान गरे ।

खेलको नतिजाबाट कास्कीका भेट्रान्स खेलाडीहरुको रेंकिङ समेत गरिने भएकाले यो प्रतियोगिताको विशेष महत्व रहेको छ । संघ कास्कीले सहभागि सम्पूर्ण खेलाडीहरुको प्रदर्शनका आधारमा छिट्टैनै खेलाडीहरुको वरियता सार्वजनिक गर्ने संघ कास्कीका उपाध्यक्ष नविन चालिसेले जानकारी दिए । टुर्नामेण्ट डाइरेक्टर प्रदीप खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।चार दिन सम्म चलेको प्रतियोगितामा सिंगलतर्फ १६ तथा डबल्सतर्फ १२ टिमले भाग लिएका थिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *