कास्की जिल्ला टेनिस संघको आयोजना तथा प्याराडिसो स्पोर्ट बारको सहयोगमा पोखरामा प्याराडिसो समर कप कास्की भेट्रान्स सिंगल तथा डबल्स टेनिस प्रतियोगिता जारी छ । शुक्रबार सिंगलतर्फ नविन श्रेष्ठले राज गुरुङलाई ६–२, ६–३ ले, गोपीबहादुर भट्टराईले प्रकासराज वाग्लेलाई ६–२, ६–७ र सुपरटाईमा १०–५ ले, धरमबहादुर लामिछानेले लक्ष्मण तामाङलाई ६–२, ७–५ ले तथा शरण गुरुङले विकास गुरुङलाई रिटायर्ड हर्टमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका छन् ।

यसअघि शुक्रबार विहान प्रि.क्वाटरफाइनलमा विकासले इन्द्र गुरुङलाई ६–१, ६–१ ले पराजित गरेका थिए । त्यस्तै, नविन श्रेष्ठले डा.मदन थापालाई ६–२, ६–३ ले पराजित गर्दै क्वाटरफाइनल पुगेका थिए । डबल्सतर्फ नविन श्रेष्ठ र केवी लामाको जोडीले दोर्जे लामा र उज्जल तज्याको जोडीलाई ५–७, ६–१ र सुपटराईमा १०–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । राजु गुरुङ र सूर्यबहादुर भुजेलको जोडीले नविन चालिसे र बिरेन लामाको जोडीलाई ४–६, ६–४ र सुपरटाईमा १०–५ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरे ।

धरमसिंह लामिछाने र बसन्त प्रधानको जोडीले काजी गुरुङ र पदम गुरुङको जोडीमाथि ६–१, ७–६ को नतिजा निकाले । राज गुरुङ र दुर्गा सुनारको जोडीले शरण गुरुङ र लक्ष्मण तामाङको जोडीलाई ६–४, ३–६ र सुपरटाईमा १०–६ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे । दुर्गा जोडीले शुक्रबारनै हर्क गुरुङ र हुम आलेको जोडीमाथि ५–७, ६–४ र सुपरटाईमा १०–५ को कडा जित निकालेका थिए ।
