नेपालका शीर्ष वरियता प्राप्त प्रदीप खड्का र नेहाल जङ्गबहादुर थापा पोखरामा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश स्तरीय प्रारम्भिक चरणको टेनिस छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको सेमिफाइनल खेलमा नेहालले अनिल शाहीलाई ६–३,६–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । यसअघि प्रदिपले शाश्वत बज्राचार्यलाई ६–१, ६–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना, गण्डकी प्रदेश टेनिस संघको व्यवस्थापन तथा कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा जारीप्रतियोगिताको फाइनल खेल शनिबार हुने बताइएको छ । डबल्सतर्फ प्रदिप र अनिल शाहीको जोडीले नेहाल र दर्शिल श्रेष्ठको जोडीलाई ६–१, ६–१ ले पराजित गर्दै प्रथम हुन सफल भए । यसैबीच छनोट प्रतियोगिताकै महिलातर्फको खेल पनि शुक्रबारदेखि नै सुरु भएको छ । सरिसा शेरचन र आरुसी तुलाचन बीच पहिलो खेल भएको थियो ।