फिस्टेल एकेडेमीलाई आधिकारिक रुपमा अन्तर्राष्ट्रिय स्नातक संगठनबाट अनुमति

0Shares

पोखरा–१७ विरौटामा रहेको फिस्टेल एकेडेमीले अन्तर्राष्ट्रिय स्नातक संगठनबाट अनुमति प्राप्त गरेको छ । नेपालको राजधानी काठमाडौं भ्याली बाहिर पहिलो आई.बी. वल्र्ड स्कुलका रुपमा स्थापित यस स्कुलले आधिकारिक रुपमा त्यसको मान्यता पाएको हो । जसले गर्दा फिस्टेल एकेडेमी आई. बी. वल्र्ड स्कुलका रूपमा स्थापित भएको विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले बताए । ‘यस उपलब्धिले विद्यालय र समग्र पोखरालाई नै विश्वव्यापी शैक्षिक केन्द्रका रूपमा परिचित गराएको छ,उनले भने,यसले पोखरालाई नै अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न सफल भएको छ ।’

विश्वकै उत्कृष्ट मानिएको आई.बी. संस्थामा आवद्ध भएकाले फिस्टेल एकेडेमीमा अध्ययन विद्यार्थीहरूले अब सानै उमेरदेखि नै खोजमा आधारित, विश्वव्यापी मान्यताप्राप्त सबल शिक्षा प्राप्त गर्न सक्ने विद्यालयका निर्देशक एलिस रानाभाटले बताए । उनले भने,‘यो उपलब्धि हाम्रो विद्यालयका लागि मात्र होइन, समग्र पोखरा उपत्यकाकै लागि गर्वको विषय हो ’। यसले पोखरालाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्र बनाउन र नेपालमा शैक्षिक रूपान्तरणको नेतृत्व गर्न फिस्टेल एकेडेमीले पाउनु एक ऐतिहासिक र साहासिक उपलब्धि भएको उनको भनाई छ ।

आई. बी. पाठ्यक्रमले जिज्ञासा, सिर्जनात्मकता, आलोचनात्मक सोच र करुणालाई पक्षपोषण गर्ने निर्देशक रानाभाटले बताए । उनले विद्यार्थीहरूलाई सक्रिय रूपमा जीवनभर सिकिरहने र आफूलाई जिम्मेवार विश्वव्यापी नागरिकका रूपमा स्थापित गर्न सक्ने उल्लेख गरे । उपलब्धिसँगै फिस्टेल एकेडेमी आई.बी.वल्र्ड स्कुल विश्वका १६० भन्दा बढी देशमा रहेका पाँच हजार सात सयभन्दा बढी आई.बी. वल्र्ड स्कुलहरूको सशक्त सञ्जालमा समाहित भएको स्कुलले जनाएको छ । यसले पोखरा र समग्र गण्डकी प्रदेशकै विद्यार्थीहरूका लागि नयाँ सम्भावनाको ढोका खोलेको संस्थापक अध्यक्ष रानाभाटले बताए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *