बुलौंदीमै दुर्घटना, किन पटक पटक यहिं ?

0Shares

पोखराको बुलौंदी दुर्घटनाको दृष्टिकोणले अत्यन्तै जोखिमपूर्ण स्थान बन्दै गएको छ । यहाँ भएका सवारी दुर्घटनामा आजसम्म धेरैले ज्यान गुमाइसकेका छन् । फेरी आज यहि बुलौंदीमा अर्को घटना घटेको छ । पोखरा महानगरपालिका वडा नम्बर ६ र ७ जोड्ने बुलौदी खोला पुलमा आज बिहान कार दुर्घटना भएको हो ।

तस्विर ; समिर बराल / दृश्यम मिडिया

हल्नचोकबाट जिरो किलोमिटर तर्फ आउदै गरेको बा५च ४२२५ नम्बरको कार डिभाइडर माथिनै चढ्यो । कारमा सवार दुई जनालाई सामान्य चोट लागेको बताइएको छ । यो ठाउँमा यति धेरै दुर्घटना हुँदा कतै मानविय कारण मात्रै होइन कि भन्ने प्रश्न उब्जिएको छ । अब कारणबारे पनि खोज्ने हो कि भन्ने दुर्घटनास्थलमा प्रश्न उठेको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *