बुलौदीमा फेरी दुर्घटना

0Shares

पोखरा ७ बुलौदीमा फेरी दुर्घटना भएको छ । शनिबार बिहान ग९प २०४४ नम्बरको स्कुटर दुर्घटना भएको हो । दुर्घटनामा परि दुई जना गम्भिर घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । फागुन १९ गते शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँमा २ जनाको मृत्यु भएको थियो । पोखरा महानगरपालिका– ७ बुलौदीमा अन्दाजी ३ः४५ बजेको समयमा मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाइते भएका दुईजनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

हल्लनचोकबाट जिरोकिलोमिटरतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–३४ प ५६२१ नम्बरको मोटरसाइकल सडकको डिभाईडरमा ठोक्किदा गम्भिर घाइते भएका कैलाली सोरहनपुर ३ घर भएका २८ वर्षीय महेश आचार्य र ३० वर्षीय सैलेन्द्र कुमार उपाध्यायको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । बुलौदीमा बेला बेला दुर्घटना भई रहेपनि त्यसको निराकण भने हुन सकेको छैन ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *