भक्तपुरमा बसले ठक्कर दिएको पैदलयात्रीको मृत्यु

0Shares

भक्तपुरमा बसले ठक्कर दिएको पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । मंगलबार च्याम्हासिंह चोकमा बा.३ ख ६४०६ नम्बरको बसको ठक्करबाट ८५ वर्षीय विष्णुभक्त प्रजापति घाइते भएका थिए । प्रजापतिको उपचारको क्रममा गएराति वि.एण्ड.वि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले बताए । जगातीबाट लिवालीतर्फ जाँदै गरेको बसले उनलाई ठक्कर दिएको हो । बस चालक काभ्रेको नमोबुद्ध घर भएका २३ वर्षीय राजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत जगातीले अनुसन्धान गरिरहेको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *