मेट्रोपोलिटनमा मनाईयो ‘विश्व वातावरण दिवस’

0Shares

पोखराको रामघाटमा रहेको मेट्रोपोलिटन एकेडेमीले ‘विश्व वातावरण दिवस’ वृक्षारोपण ,सामुदायिक सरसफाइ तथा विविध कार्यक्रम गरि मनाएको छ। सो कार्यक्रमको उद्घाटन विद्यालय निर्देशक अनिता तिमिल्सिना , प्रिन्सिपल गोविन्द प्रसाद सुवेदी, स्कुल सुपरभाइजर इन्द्रराज वराल र मन्टेश्वरीमा अध्यनरत बिद्यार्थीले संयुक्त रुपमा डिप्सिस डेकारि ट्र्याङगल पाम जातको बिरुवा रोपेर गर्नुभएको थियो। कार्यक्रममा विद्यालय परिसरमा कफि, जामुन, कोईरालो लगायतका विभिन्न जातका फल तथा फूलका विरुवाहरु रोपिएको थियो।

यसैगरी ‘समुदायको लागि मेट्रोपोलिटन अभियान ‘अन्तर्गत विद्यालयका ऐकेडेमिक डिन शिव लामिछानेको नेत्रृित्वमा गण्डकी हस्पिटल चोक, पिपलडालीचोक हुंदैे बिद्यालय वरपरका क्षेत्रमा सरसफाइ गरिएको थियो। सो क्रममा करिव २०० केजी फोहोर संकलन गरिएको थयो। कक्षा ५- १० सम्मका विद्यार्थी , शिक्षक, कर्मचारीको उत्साहप्रद सहभातारहेको उक्त कार्यक्रम पश्चात बिद्यार्थीहरुलाई फोहोर मैलाको उत्पादन, बर्गिकरण र विसर्जन प्रकृिया बारे प्रिन्सिपल गोविन्द प्रसाद सुवेदीले प्रशिक्षण प्रदान गर्नुभएको थियो।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *