राष्ट्रपति पौडेलेको युरोप भ्रमण स्थगित

0Shares

राष्ट्रपति रामचन्द्र पौडेलले यही कात्तिक २२ गतेदेखि सुरु हुने युरोप भ्रमण स्थगित गर्नुभएको छ । जाजरकोटमा गएको भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भएको भन्दै पौडेलले भ्रमण स्थगित गर्नुभएको हो ।

राष्ट्रपति पौडेल कात्तिक २२ देखि मंसीर १ गतेसम्म फ्रान्स, जर्मनी र इटलीको भ्रमणमा जाने कार्यक्रम तय भएको थियो । फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिने र त्यसपछि जर्मनी र इटालीको भ्रमणमा जाने कार्यक्रम रहेको थियो । तर भ्रमण राजकीय भ्रमण भने थिएन ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *