रोनाल्ड ग्रास टेनिस छनौटका लागि चीन जान लागेका शास्वत र दर्शिलको बिदाई

0Shares

चीनको हेनान शहरमा यहि श्रावण २८ देखि भाद्र १ सम्म हुन लागेको रोनाल्ड ग्रास जुनियर सिरिजका लागि नेपालबाट छनौट हुन सफल पोखरेली खेलाडीद्वय शास्वत बज्राचार्य र दर्शिल श्रेष्ठलाई पोखरामा एक समारोहका विच बिदाई गरिएको छ ।
गण्डकी प्रदेश टेनिस संघ र कास्की जिल्ला टेनिस संघले बुधबार पोखरा रङ्गशालामा उक्त समारोहको आयोजना गरी खेलाडीहरूको विदाई गरेको हो ।

विदाई समारोहमा बोल्दै प्रदेश टेनिस संघ गण्डकीका अध्यक्ष विनोद कायस्थले यो प्रतियोगिता विश्वकै ठूला ४ ग्राण्ड स्लाममध्य एक भएको बताउँदै यसको छनौट खेल्न पाउनु कुनै पनि नेपालीका लागि गौरवको क्षण भएको बताउनुभयो । उहाँले यस अवसरको सदुपयोग गर्न खेलाडीद्वय लाई आग्रह गर्नुभयो ।

कास्की जिल्ला टेनिसनका अध्यक्ष लोक गुरुङले विगतका दिनहरूमा टेनिस खेलेर भविष्य बन्दैन भन्नेहरुका लागि अहिले टेनिसमा पनि भविष्य रहेछ भनेर सोच्ने दिन आएको बताउनुभयो । खेलाडीहरूलाई शुभकामना दिँदै अहिलेसम्म सिकेका सीप, ज्ञान, दक्षता, अनुभवको प्रतियोगितामा लगाउँदै देशको सान उच्च पार्न आग्रह गर्नुभयो ।

एडभान्स टेनिस ग्रुपका प्रशिक्षक अनु जोनले खेलाडीहरूलाई खादा तथा माला लगाएर शुभकामना दिनुभयो । प्रतियोगितामा अभिभावकको रुपमा नविन श्रेष्ठ पनि जाँदै हुनुहुन्छ । कास्की जिल्ला टेनि संघका महासचिव समेत रहनुभएका श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । विदाई कार्यक्रममा पोखराका टेनिस खेलाडी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *