रोयल इनफिल्डले क्लासिक ३५० का ५ वटा मोडलका मोटरसाइकल पोखरा सहित नेपालमा सार्वजनिक गरेको छ । पोखरा नयाँबजारमा रहेको बुलेट ट्रेडर्सको सोरुममा पश्चिमाञ्चल अटोमोबाईल डिलर्स एसोसिएसनका अध्यक्ष दीपेन्द्र कोइराला र ट्रेडर्सका सञ्चालक मनोज थापा (जय) ले रोयल इन्फिल्ड क्लासिक ३५० का नयाँ भेरियन्ट सार्वजनिक गर्नु भएको हो ।
पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधार सहित क्लासिक ३५० विहिबार एक समारोहका बिच सार्वजनिक हो । न्यूनतम ५ लाख ५५ हजार मुल्य देखि ५ लाख,७९ हजार ९ सय पर्ने ७ वटा विभिन्न रंगमा उक्त मोटरसाइकल बजारमा उपलब्ध भएको पोखरा सोरुमका संचालक मनोज थापाले बताउनु भयो । उक्त मोटरसाइकलमा टाइप सी युएसबी चार्जरको सुविधा सहित गियर सुचक जनाउने गियर इन्डिकेटर पनि रहेको उहाँले जनाउनुभयो ।
५ मोडलहरुमा हेरिटेज, हेरिटेज प्रिमिय, सिग्नल्स, क्लासिक डार्क र क्लासिक क्रोममा उपलब्ध छन्। क्लासिक ३५० सार्वजनिक गर्दै कम्पीनका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियाले नेपाली बजार आफ्ना लागि सधैँ विशेष रहँदै आएको उल्लेख गर्नुभयो । नेपालमा बढ्दो प्रिमियम मोटरसाइकलको मागलाई पूरा गर्न इनफिल्डको वृहत रणनीतिका निम्ति यो सुरूवात महत्वपूर्ण कोसेढुंगा भएको कम्पनीको दाबी छ । नयाँ क्लासिक ३५० ले एबीएस मात्रै होइन विश्वव्यापी रूपमा प्रख्यात इनफिल्डको कलात्मक डिजाइनको अनुभव पनि ग्राहकलाई दिने भएको छ
क्लासिब ३५० ले इनफिल्ड स्वरूपको ऐतिहासिकता र आधुनिकतालाई कलात्मक र रचनात्मक रूपमा जोडेको छ । यस मोडलले रोयल इनफिल्डको आधिकारिक डिनएको प्रतिनिधित्व गरेको छ । यो मोडलले रोयल इनफिल्ड ब्रान्डको अन्य सिरिजका लागि आधार तयार गर्नुका साथै शिल्प, क्षमता र गौरवशाली विरासतलाई कायमै राख्न पनि प्रेरित गरेको छ । रोयल इन्फिल्डले सन २०२३ देखि नेपालमा एक्सक्लुसिभ उत्पादन केन्द्र सिकेडी राखेको छ । त्रिवेणी समूहसँगको सहकार्यकमा सार्क क्षेत्रमा व्यापार अभिवृद्ध गर्ने उद्देश्य सहित नेपालप्रति कम्पनीको प्रतिवद्धताका लागि सिकेडी राखिएको हो । बीरगंजमा रहेको सिकेडिमा वार्षिक रूपमा २० हजार युनिट बाइक एसेम्बल हुन्छ । सिकेडी ब्राजिल, अर्जेन्टिना, थाइल्याण्ड, कोलम्बिया, बंलादेश मा छ । रोयल इनफिल्ड सन् १९०१ देखि निरन्तर मोटरसाइक उत्पादन गर्दै आएको ब्राण्ड हो ।