विश्वासको मत माग्दै प्रधानमन्त्री ओली : आवश्यक ऐन संशोधन सहित नीतिगत सुधार गर्ने

0Shares

प्रधानन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले आवश्यक ऐन संशोधन सहित नीतिगत सुधार गर्ने बताउनुभयो । उहाँले निर्माण सम्पन्न गरेर पनि भुक्तानी पाउन नसकेका निर्माण व्यवसायीहरुका समस्या तत्काल समाधान गर्ने बताउनुभयो । उहाँले अन्य देशहरु व्यापार गरेका छन् हामी किन्ने मात्रै भएकाले उत्पादन वृद्धि गरी व्यापार गर्ने सरकारको प्राथमिकता रहेको बताउनुभयो । आइतवार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले संधै काम भइरहेको हुने तर कहिल्यै नसकिने अवस्थाको अन्त्य गरिने बताउनुभयो । उहाँले विकासका मामिलामा देखिएको अनुशासन हिन्ताको अन्त्य गर्ने बताउनु भयो । उहाँले सरकार काम भइरहको छ भन्न नभइ थालिएको काम सकियो भनेर सुनाउन आतुर रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले थालिएको काम समयमा सम्पन्न गर्न क्षमता अभिवृद्धि गर्ने बताउनुभयो । उहाँले मन्त्रालयगत कार्य प्रगतिको मूल्याङ्कन गर्ने व्यवस्था र पुँजीगत खर्च वृद्धि गर्ने बताउनुभयो । उहाँले ताकिएको लागत समय परिणाम र गुणस्तरको काम सम्पन्न नगर्नेलाई कानून अनुसार जिम्मेवार बनाउने र जिम्मेवार नभए कारबाही गर्ने बताउनुभयो ।

उहाँले परियोजनाहरुको लागत वृद्धि हुन नदिने बताउनुभयो । उहाँले आयोजना ठेक्काको दुरुपयोग गर्नेबाट हानी नोक्शानी असुल उपर गरिने बताउनुभयो । प्रधानमन्त्री ओलीले व्यवसायीमैत्री वातावरण बनाउने बताउनुभयो । उहाँले अर्थमन्त्रालयको समन्वयमा उद्योग तथा वाणिज्य मन्त्रालयले तीन महिनाभित्र स्पष्ट मार्गचित्र तयार पार्ने बताउनु भयो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *