विश्व टेबल टेनिस दिवस २०२५ को अवसरमा कास्की जिल्ला टेबल टेनिस संघको आयोजनामा शनिबार खुल्ला टेबल टेनिस प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा मेन्स सिङ्गल, ब्वाईज सिङ्गल, गल्र्स सिङ्गल र क्याडेट ब्वाईज सिङ्गल विधामा प्रतिस्पर्धा गराइएको थियो । जस्मा मेन्स सिङ्गलमा प्रथम दिपकराज गिरी, दोस्रोमा दिप निशान शाही, तेस्रोमा किसनजिसी र देव बहादुर भुजेल ब्वाईज सिङगलमा दिप निशान शाही प्रथम, कृतन थापा दोस्रो र तेस्रोमा आयुश गहतराज, गल्र्स सिङ्गल तर्फ सेजल वानिया प्रथम, तृषा गुरुङ दोस्रो, सुष्मा गुरुङ र सक्रिया पोखरेल तेस्रो भएका थिए ।
त्यसै गरी क्याडेट ब्वाईज तर्फ प्रथम प्रिन्स गुरुङ, दोस्रो दिप्सन अधिकारी, युजिन गुरुङ र विधान पराजुली तेस्रो भएका थिए ।कार्यक्रमका प्रमुख अतिथि, कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष मिलन गुरुङ, विषेश अतिथि गण्डकी प्रदेश टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशी लगायतले विजयी खेलाडीहरुलाई प्रमाणपत्र, मेडल वितरण गर्दै खेलाडिहरुलाई नियमित प्रशिक्षण गर्न र अनुशासनको पूर्ण पालना गर्न आग्रह गरेका थिए ।
विजयी खेलाडिहरुलाई नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष गौतम राज लामाले वताए । साथै अप्रिल २३ गते विश्व टेबल टेनिस दिवस २०२५ को दिन गण्डकी प्रदेश, कास्की जिल्ला संघका पदाधिकारीहरु, खेलाडि, प्रशिक्षक, पत्रकारहरुको सहभागिता रहेको थियो ।
