बंगलादेशमा आन्दोलनका कारण सत्तापलट भए पनि आन्दोलन भने रोकिएको छैन । सरकारी जागिरमा आरक्षण व्यवस्थाको विरुद्ध चर्केको आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिना भारत पलायन भए पनि त्यहाँ आन्दोलन रोकिनुको सट्टा जातीय प्रतिशोध साँध्न थालिएको छ । आज पनि बिहानैदेखि सडका उत्रेका प्रदर्शनकारीले राजधानी ढाकालगायतका बिभिन क्षेत्रमा आगजनी र तोडफोड गरेका छन् ।
आन्दोलनकारीहरुको पछिल्लो निशानामा हिन्दु धर्माबलम्बीहरु परेका छन् । उनीहरुका घर र व्यापारिक प्रतिष्ठानहरु तोडफोड गरिएका छन् भने मन्दिरहरुमा पनि तोडफोड र आगजनी गरिएको छ । १२ वटा हिन्दु मन्दिरका पुजारीका घरमा आगजनी गरिएको छ । पछिल्ले समय आन्दोलनको कमाण्ड गरेको कट्टपन्थी मुश्लिम संगठन जमात ए इस्लामले हिन्दूहरुमाथि निशाना साँधेको हो ।
बंगलादेशका प्रधानन्यायाधिश, न्यायाधीशहरु र क्रिकेट खेलाडीहरुका घरमा समेत ब्यापक तोडफोड गरिएको छ । प्रदर्शनकारीले तारे होटलहरुमा प्रवेश गरेर अन्धाधुन्द तोडफोड आगजनी गरेका छन् । उता, प्रहरीले समेत हडताल आह्वान गरेको छ । आन्दोलनकारीहरुबाट कुनै पनि प्रहरी सुरक्षित नरहेको भन्दै प्रहरी संगठनले नै हडताल आह्वान गरेको हो । त्यहाँको सेना भने रमिते बनेको छ ।