सुन प्रकरणमा २५ जनालाई थुनामा पठाउने आदेश

0Shares

काठमाडौं जिल्ला अदालतले ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले शुक्रबार उनीहरुलाई थुनामा पठाउने आदेश दिएको हो ।

धरौटमा छाड्ने आदेश भएकी भन्सार एजेन्ट रूक्मिना सुब्बासँग पाँच लाख धरौटी माग गरिएको छ । अन्यलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । यस प्रकरणमा नेपाल प्रहरीको सीआइबीले २६ जनालाई पक्राउ गरी अदालतमा मुद्दा पेस गरेको थियो । अदालतको आदेशसँगै उनीहरु सवैलाई आज जेल चलान गरिएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *